Categories Politics

सुर्खेतबाट १३ लाख नक्कली नोटसहित पाँच जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ । बरामद गरिएको अफिम र नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेत शान्ति टोल सुर्खेतमा कोठा भाडामा बस्दै आएकी कुशे गाउँपालिका-५ जाजरकोटका २२ वर्षीयन दिलमाया सिंह ठकुरी, उनका दाजु ३३ वर्षीय रामबहादुर सिंह, भेरीगङ्गा नगरपालिका-१२ सुर्खेत ठकुरीटोल बस्दै आएका कुसे गाउँपालिका-७ गमौडीका ३५ वर्षीय कृष्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिएका छन् ।

त्यस्तै, पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका-१२ सुर्खेत बस्ने ३८ वर्षीय प्रेमबहादुर विक र नरहरिनाथ गाउँपालिका-४ कालीकोट स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ न्यूरोडस्थित जनगर्जन मिडिया प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका मनबहादुर सहकारीसमेत रहेको उनले बताए ।

प्रहरी उपरीक्षक शाहीका अनुसार उनीहरूबाट सुर्खेत प्रहरीले रु १३ लाख नक्कली नोट र करिब रु ९० लाख बराबरको अफिम बरामद भएको छ । त्यससँगै क्यानन प्रिन्टर, हाइटेक लेखिएको सिपियु, जिलियन टेक लेखिएको मोनिटर, कि-बोर्ड, माउस, कार्डडिटर, चिप्स मेमोरी र क्यानन क्यामेरासमेत एक÷एक थान फेला पारी बरामद गरिएको उनले बताएका छन् ।

पक्राउ परेकामाथि लागुऔषध तथा जाली नोट कारोबार उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको बताउँदै प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाले करिब रु दुई लाख सक्कली नोटसँग नक्कली नोट साटिसकेकाले लेनदेन गर्दा सचेत रहन सबैलाई आग्रह गरेका छन् । उनका अनुसार अफिम खरिदका लागि ती नक्कली नोटहरू प्रायः सुर्खेत, जाजरकोटका व्यापारीलाई दिएको आरोपितले बताएका छन् । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषध नियन्त्रणको अभियानलाई आक्रमक बनाउँदै लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *