Categories Politics

फेरि घट्यो निक्षेपको ब्याजदर, कर्जाको ब्याजदर पनि अझै घट्ने !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । साउन महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएका हुन् । 

योसँगै साउनमा व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर ०.२०४५ प्रतिशतबिन्दु घटेर ५.६९७५ प्रतिशतबिन्दुमा झरेको छ । असारमा यस्तो ब्याजदर ५.९०२ प्रतिशत थियो । त्यस्तै, साउनमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि ०.२६ प्रतिशतबिन्दुले घटेको छ । 

साउनका लागि बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको नयाँ ब्याजदरको सूची अनुसार २० मध्ये १४ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । साउनमा ४ बैंकहरुले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकले ब्याजदर बढाएका छन् । साउनमा निक्षेपको ब्याजदर सबैभन्दा धेरै हिमालयन बैंकले बढाएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ४ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याएको छ । 

साउनमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक र नेपाल बैंकले भने साउनका लागि निक्षेपको ब्याजदर घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै प्रभु बैंकले १.८५ प्रतिशतबिन्दुले ब्याजदर घटाएको छ । 

त्यस्तै, माछापुच्छ्रे बैंक, ग्लोबल अइएमई बैंक, सिद्धार्थ बैंकएनएमबि बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । अर्थात, यी बैंकले साउनमा पनि असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशतलाई २.७५ प्रतिशतमा झारेसँगै बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर थप सस्तिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *