Categories Politics

कम्बोडिया पठाउने भन्दै १० लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौँ । कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाउने भन्दै १० लाख ठगी गर्ने ३४ वर्षीय बुद्धि बहादुर तामाङ पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १० बाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले १ जनाबाट उक्त रकम ठगी गरेका थिए । आकर्षक तलबको प्रलोभनमा  पारी पीडितबाट रकम ठगी गरेर उनी सम्पर्कविहीन भएका थिए ।

हाल तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *