Categories Politics

साउनको दोश्रो सोमबार: डोलेश्वरमा भीड, छाता र रेनकोट ओढेरै पुजा गरिँदै (तस्विरहरू)

काठमाडौँ । सोमबार डोलेश्वर महादेव मन्दिरमा श्रद्धालु भक्तजनको उल्लेखनीय भीड लागेको छ। श्रावण महिनामा भगवान् शिवको आराधना, व्रत र तीर्थको विशेष महत्व रहने भएकाले देशका विभिन्न स्थानबाट भक्तजन डोलेश्वर पुगेका हुन् ।

वर्षा र चिसो मौसमको प्रवाह नगरी श्रद्धालुहरू छाता, रेनकोट ओढेर दर्शन तथा पूजाका लागि लामबद्ध देखिएका थिए । केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा श्रावण महिनाभर भक्तजनको भीड लाग्ने गर्छ । बाँकी तस्विरमा हेर्नुहोस्: 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *