Categories Politics

कुमारी बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशत छुट पाउने

काठमाडौँ । कुमारी बैंक लिमिटेडका ग्राहकले  भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड)मा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच छुट ग्राहकहरुलाई स्वस्थ्य उपचारमा छुट दिने सम्झौता भएको हो ।

सम्झौतासँगै कुमारी बैंकका ग्राहकले भारतको नयाँ दिल्लीस्थित उक्त हस्पिटलमा छुट पाउने भएका छन् । हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई इन पेसेन्ट तथा आउट पेसेन्ट सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको छुट प्रदान गरिने बैंकले जनाएको छ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै, देशभर रहेका ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै, बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ । बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै, बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गरिने अठोट व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *