Categories Politics

मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकको इन्टरनेट नै झुर, पटक पटक रोकियो प्रत्यक्ष प्रसारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

गभर्नर डा. पौडेलले मौद्रिक नीति सार्वजनिक गरिरहँदा मौद्रिक नीतिको प्रत्यक्ष प्रसारण (लाइभ) पटक पटक रोकिएको थियो ।

राष्ट्र बैंकको इन्टरनेट नै झुर भएपछि लाइभमा समस्या देखिएको हो । इन्टरनेटकै कारण मौद्रिक नीतिको प्रत्यक्ष प्रसारण नै बीचमा रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *