Categories Politics

पोखरा फाइनान्स र समृद्धिको मर्जर घोषणा, १:१ स्वाप रेसियो, अध्यक्ष समृद्धिको भागमा, नाम पोखरा फाइनान्स नै !

काठमाडौँ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाने भएका छन् । भर्खरै पोखरास्थित ल्याण्डमार्क होटलमा दुई संस्था मर्जरमा जाने विषयमा एमओयु भएको छ ।

अर्थ सरोकारलाई प्राप्त जानकारी अनुसार सो मर्जर १:१ स्वाप रेसियोमा हुनेछ ।

एमओयु अनुसार मर्जरपछाडीको संस्थाको अध्यक्ष पद हालको समृद्धि फाइनान्सको भागमा परेको छ भने सीइओको टुंगो लागिसकेको छैन । मर्जरको एमओयु भएको जानकारी केहि समयभित्रै नेप्सेमा जाँदैछ ।

आजबाटै दुवै फाइनान्सको कारोबार रोक्का हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *